बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पारिवारिक निजी वन संघको तेस्रो महाधिवेशन काठमाडौंमा सुरु

पारिवारिक निजी वन संघको तेस्रो महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । पारिवारिक निजी वन संघ , नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरुभएको छ । महाधिवेशनको उदघाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले एक समारोहबिच सोमबार (२८ जेठ,२०८१ ) गरेका छन् । महाधिवेशनले ४९ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

महाधिवेशनको उदघाटन समारोहका प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादवले सो अवसरमा निजी वनको दिगो व्यवस्थापनको खाँचो रहेको बताएका छन् । निजी वनको सही सदुपयोग गर्न सके मुलुकको आर्थिक समृद्धि कायम गर्नमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभाका सदस्य नारायणी शर्माले वन मानिसको जीवनको शक्ति भएकाले त्यसको सही सदुपयोगको खाँचो रहेको बताइन । वनको विकास र संरक्षणमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिँदै वनभित्रको काठ कुहिएर खेर जानुभन्दा त्यसको सदुपयोग गरी आर्थिक लाभ लिनुपर्ने उनले बताइन ।

प्रतिनिधिसभाका सदस्य सूर्यप्रसाद ढकालले गाँजाखेतीलाई व्यवस्थित गर्न सके एक खर्ब बरावरको वार्षिक राजस्व सङ्कलन हुने बताए । देशको समृद्धि वन क्षेत्रको विकाससँग जोडिएकाले त्यसबारेमा सही नीति नियम बनाई त्यसको सदुपयोग गर्नुपर्ने उनले बताए ।

संघका  अध्यक्ष जोगराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा घनश्याम पाण्डे, भारती पाठकलगायतले धारणा राखेका थिए । महाधिवेशनमा देशभरबाट ५ सय प्रतिनिधिको सहभागिता रहेको छ । सात जिल्ला बाहेक मुलुकभर ७० जिल्लामा सङ्घको जिल्ला कार्यालय रहेको अध्यक्ष गिरीले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend