बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्षमा भरत भट्टराई निर्वाचित

नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्षमा भरत भट्टराई निर्वाचित

काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघमा  भरत भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ।

यही जेठ २५ गते शुक्रबार काठमाडौमा सम्पन्न महासंघको दोस्रो महाधिवेशन तथा साधारणसभाबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे निर्वाचित भएका छन्।

यसैगरी सचिव पदमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा श्यामसुन्दर नगरकोटी, सहकोषाध्यक्षमा लबकृष्ण श्रेष्ठ तथा वरिष्ठ सदस्यमा अनुपमा केसी निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए । महासंघको बिधानमा पदाधिकारी र सदस्य गरि ४९ जना रहने ब्यवस्था छ।

महाधिवेशनबाट ब्यवसायीले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने, ग्रे मोबाइलको कारोबार रोक्नु पर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा ब्यवसायीहरुले प्रहरी प्रसासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनु पर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै ब्यवस्थित बनाउन सरकारलाई दवाब दिनेसहितका एजेन्डा पारित गराएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट गरि करीब एक हजार प्रतिनिधी सहभागी भएको नवनिर्वाचित उपाध्यक्ष आचार्यले जानकारी दिए । महासंघको हालसम्म सात प्रदेश र ५८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend