बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पाँचथर पावर कम्पनीको आठौं साधारणसभा सम्पन्न

पाँचथर पावर कम्पनीको आठौं साधारणसभा सम्पन्न

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा जेठ २७ गते आइतबार होटल इम्पेरीयल, बत्तिसपुतली काठमांडौमा सम्पन्न भएको छ । कम्पनीको जेठ ४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको आँठौ साधारणसभा जेठ २७ गते गर्ने निर्णय गरेको थियो ।

कम्पनीका अध्यक्ष राजेश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले एक्सेस इन्भेष्टमेन्ट प्रा.ली र मेगा इन्भेष्टमेन्ट प्रा.लीलाई प्राप्ती गर्ने, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो , त्यसैले जेठ १६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी भएका हुन् ।

पाँचथर पावर कम्पनीले पाँचथर जिल्लाको हेवा खोला स्थित १४.९ मेगावाटको हेवा खोला- ए जलविद्युत आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्दै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend