सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिएमसीसंग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यताः मन्त्री मगर

सिएमसीसंग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यताः मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीस“ग ठेक्का सम्झौता तोडेर कुनै गल्ती नगरेको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री मगरले सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेको समेत स्पष्ट पारिन ।

ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा नभई नाफा भएको उनको भनाई छ । मेलम्चीको काम सुरु गर्ने विषयमा मन्त्रालयले दुई विकल्पमा छलफल गरिरहेको उनको भनाई छ । मेलम्ची समितिले आयोजनाको बा“की काम सम्पन्न गर्न अन्तिम गृहकार्य गरेको छ ।

अझै पनि सिएमसी आउ“दा नै नेपाल सरकारलाई फाइदा नै हुन्छ । हामीले सिएमसी नै फर्काउने र नया“ टेण्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेको मन्त्री मगरको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend