बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरु बन्द गर्ने चेतावनी

देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरु बन्द गर्ने चेतावनी

२३ जेठ ,काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफूहरुले सरकार समक्ष राखेका जायज माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने सरकारलाई चेतावनी दिएका हुन् ।

‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरुले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराउँछौं’, महासंघका अध्यक्ष सिताराम न्यौपाने र महासचिव पुरुषोत्तम रेग्मी द्वारा हस्ताक्षर गरिएको  विज्ञप्तिमा भनिएको छ

जेठ ३२ गतेभित्र नवीकरण गर्न सरकारबाट मातहतका निकायहरुलाई लिखित निर्देशन/निर्णय नभएको खण्डमा असारदेखि देशभरका क्रसर, खानी तथा वालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण बन्द गरी अनिश्चितकालको लागि बन्द हुने महासंघले चेतावनी दिएको छ ।

महासंघले उद्योगहरुको ताला र चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरुले समेत राजमार्गमा बसेर विरोध प्रदर्शन गर्ने निर्णय भएको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend