२२ जेठ , काठमाडौं । भारतमा गत शनिबार सम्पन्न भएको लोकसभा चुनावको आज मतगणना भइरहेको छ। वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच लाख बढी मतसहित तेस्रो पटक चुनाव जितेका छन् । मोदीको जित मार्जिन यस पटक सन् २०१४ र सन् २०१९ को भन्दा चाहिँ कम थियो । मोदीले कांग्रेसको अजय रायलाई डेढ लाख मतान्तरले हराएका छन् ।
लोकसभा निर्वाचन सात चरणमा गरिएको थियो । अप्रिल १९ देखि जुन १ २०२४ सम्म निर्वाचन भएको थियो । मतगणना मंगलबार (जुन ४) मा सुरू गरिएको थियो । मंगबार निर्वाचन आयोगका पदाधिकारीले ६४ करोड मत गनेका थिए ।
लोकसभा चुनावको मत परिणाम आउने क्रम जारी छ। चुनावको मतगणना मंगलबार बिहान सवा ८ बजेदेखि सुरू भएको हो। हालसम्म आधाभन्दा बढी सिटको परिणाम आइसकेको छ।
कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार हालसम्म ३ सय २८ सिटको अन्तिम नतिजा आउँदा भाजपा नेतृत्वको एनडिए गठबन्धनले १८४ सिट जितेको छ।
त्यस्तै कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३१ सिट जितेको छ।
१३ सिटमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन्।
मतगणना जारी रहेकोमध्ये १११ सिटमा एनडिए र १०० सिटमा इन्डिया गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। ४ सिटमा अन्य दलका उम्मेदवार अगाडि छन्।
सन् २०१९ मा ३५२ सिट एनडिए गठबन्धनले जितेको थियो। त्यतिबेला कंग्रेस नेतृत्वको गठबन्धनले ९४ र अन्य विभिन्न दलले ९७ सिट जितेको थियो।
प्रधानमन्त्री मोदीको धन्यवाद ज्ञापन

यसैबीच मतगणना अन्तिम चरणमा पुग्दै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक एनडिएलाई विश्वास गर्दै इतिहास रचेकोमा जनतालाई धन्यवाद ज्ञापन गरेका छन्।
‘जनताले लगातार तेस्रो पटक एनडिएमा विश्वास गरेका छन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो भारतको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हो।’
‘फ्रेन्डस अफ बिजेपी इन नेपाल’ को शुभकामना आदानप्रदान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट निर्वाचित हुनु र एनडिएले तेस्रो कार्यकालका लागि सरकार बनाउने भए सङ्गै ‘फ्रेन्डस अफ बिजेपी इन नेपाल’ ले काठमाडौंमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ।
नेपालमा रहेका बिजेपीका समर्थक र शुभेच्छुकहरुको उक्त संस्थाका संयोजक पंकज दासले नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने निश्चित भएकामा खुशी प्रकट गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend