बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दुई विदेशी कविसहित नेपालका कविहरूले गरे हिमालय पर्वत शृङ्खलाको विषयमा कविता वाचन

दुई विदेशी कविसहित नेपालका कविहरूले गरे हिमालय पर्वत शृङ्खलाको विषयमा कविता वाचन

१८जेठ,काठमाडौं । दुई विदेशी कविसहित नेपालका कविहरूले हिमालय पर्वत शृङ्खलाको विषयमा कविता वाचन गरेका छन्। शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित नेशनल कलेजद्धारा आयोजित यस बहुभाषिक कविता रचना वाचन कार्यक्रममाझ नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका प्रख्यात र उदाउँदा काव्य प्रतिभाहरूले एकै ठाउँमा उभिएर कविता वाचन गरेका हुन् ।

नेपालका कविहरु सरोज ओझा, सन्तोषकुमार पोखरेल, सुवास सिंह पराजुली, रञ्जना निरौला, डा। टंक उप्रेती, डा। दामोदर पुडासैनी, स्नेह सायमी, नन्दु उप्रेती लगायत राजेन्द्रमान डंगोल, अस्मिता गौतम, विधान आचार्य, रुपसिंह भण्डारी, मदनराज लामिछाने सहित नेशनल कलेजका छात्राद्धय जेनी न्यौपाने र ज्योत्सना बोहराले कविता वाचन कार्यक्रममा भाग लिएका थिए।

कार्यक्रममा भारतीय कवि तथा सगरमाथा आरोही डा। तुलिका रानीका साथै रुसी मूलकी प्रसिद्ध अमेरिकी कवयित्री नीना कोसम्यानले पनि कविता वाचन गरेका थिए । यी १७ कविहरूले अङ्ग्रेजी, नेपाली र हिन्दी भाषामा आफ्ना काव्यात्मक रचना पस्किदै दर्शकदिर्घालाई मोहित तुल्याएका थिए। डबलीबाट हिमालय परिदृश्यको विश्वव्यापी आकर्षण, महत्व र यससँग जोडिएर आउने जीवनका विविधआयाम बारे कलात्मक रुपमा वर्णन गर्दै कविहरुले विभिन्न भाषिक प्रस्तुतिहरू दिएका थिए ।

सो अवसरमा डा तुलिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुभव र कृति लेखनको विषयमा प्रकाश पारेकी थिईन् । यस साहित्यिक जमघट हिमालय पर्वत शृङ्खलाको स्थायी सौन्दर्य र महत्व साथै रचनात्मक अभिव्यक्तिको अन्तर सांस्कृतिक आदानप्रदान गर्ने उदेश्यसहित आयोजनामा ल्याईएको हो ।

सहभागिता पश्चात् कवि सरोज ओझाले हिमालको विषयलाई लिएर कविता वाचन कार्यक्रम आयोजनामा आउनु सुखद रहेको बताउदै यस्ता प्रयाससँगै साहित्य सिर्जनालाई प्रकृतिसँग जोड्दै सचेतना अभिबृद्धिको क्षेत्रमा थप उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend