सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एल आई सी नेपालको जीवन साथी योजना बजारमा

एल आई सी नेपालको जीवन साथी योजना बजारमा

काठमाडौ । रहने छ साथ, जीवन पश्चात् भन्ने सन्देशकासाथ एल आई सी नेपालले जीवन साथी नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । फागुन १ गते देखी एक समारोहबीच उक्त योजनाको औपचारिक रुपमा सार्वजनिक अनावरण बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे । १८ देखी ६० बर्ष सम्म उमेरका व्यक्तिले यो जीवन बीमा योजना लिन सक्नेछन् ।

न्यूनतम बीमाङक रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङकको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ बर्षको हुनेछ । बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्ग र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बा“की अवधिको लागि निजको श्रीमान् श्रीमतीलाई बीमाङ्गको ५० प्रतिशत निशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।

न्यून बीमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानीपश्चात् बिमितले कम्पनी कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल पी दासले बिमितले यस बीमा योजनामार्फत आफ्नो जीवन साथीप्रति अपार र स्नेह दर्शाउदै परिवारका वित्तिय सुरक्षा प्रदान गर्न सकिने बताए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नया“ बीमा योजनाको बारेमा प्रकाश पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend