सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीका प्रकाश बन्जाडेको गित सार्वजनिक

अर्घाखाँचीका प्रकाश बन्जाडेको गित सार्वजनिक

राम प्रसाद बन्जाडे,
१८ जेठ, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर पालिका ३ धारापानीका प्रकाश बन्जाडे लामो समयदेखी लोक दोहोरी गितमा अभिनय गरिरहेका छन ।अर्घाखाँची जिल्लाको भुमिका स्थान नगरपालिका ३ मा जन्मिएका प्रकास बन्जाडे लामो समयदेखि भारत को न्यादिल्ली स्थित नरेनामा बसोबास गर्दै आफ्नो सम्पुर्ण परिबारको साथ भारतलाइ कर्मथलो बनाएपनी आफ्नो जन्म भुमी र आफ्नो देशको भाषालाई माया गर्दै लोकदोहोरी गितमा अभिनय कायम राखेका हुन ।

गाउँ देखि शहर सम्म , तराई देखि पहाड हिमाल सम्म गुन्जी रहने त्यो मीठो लोकदोहोरी भाकामा अभिनय गर्दै आएका प्रकास बन्जाडे लाई भारत मा बसेर पनि आफ्नो देस को यो मीठो सङ्गीत लाई अङगाल्दा आनन्द लाग्ने गरेको बताउछन । उनको अभिनय नेपालीहरुलाई राम्रो लाग्ने गरेको देखिन्छ यस्तै केहि समय पहिला हातमा ठेला भन्ने गितमा पनि उनको अभिनय थियो

यस्तै अनेकौ कलाकार हरु सङ अभिनय गर्दै आयका बन्जाडे ले यति बेला आफ्नो स्वर सहित अन्य कलाकार हरु सङ अभिनए गरेका छन यस्तै कयौं गितहरुमा अभिनय गर्दै आउनु भयका प्रकास बन्जाडे लाई दिल्ली मा रहेको प्रवासी नेपाली प्रेरणा समिति ले अध्यक्ष जस्तो पदमा राखेको छ। नेपाली हरुको सहयोग र मिलन्सार ब्याक्ती प्रकास बन्जाडे लाई भारतमा प्रकास सर्मा को नाम ले चिन्ने गर्छ्न

यति बेला भने केहि फरक खाल्को प्रस्तुति बजार मा आज सार्बजनिक भयको छ। प्रकास सर्मा र प्रीति आलेको स्वरमा रहेको केही फरक कोसेली आज शुक्रबार दिउँसो ३ः३० बजे प्रकाश शर्मा युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend