काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा जेठ १७ गते बिहीबार सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले समीक्षा आर्थिक वर्षको कम्पनीको संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। कम्पनीको आयव्यय विवरण , लेखा सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब पनि सभाबाट पारित भए।
त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने
सभाले नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै दिनेश लाल श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ ६ गते आइतबार बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend