बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अन्तर्राष्ट्रिय सगरमाथा सम्मान लाक्पा सोनाम शेर्पालाई

अन्तर्राष्ट्रिय सगरमाथा सम्मान लाक्पा सोनाम शेर्पालाई

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82?

१६ जेठ ,काठमाडौं । प्रसिद्ध  पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई अन्तर्राष्ट्रिय सगरमाथा सम्मान प्रदान गरिएको  छ ।

७१औँ सगरमाथा दिवसको अवसरमा काठमाडौंमा आज आयोजित समारोहमा शेर्पालाई अन्तर्राष्ट्रिय सगरमाथा सम्मानबाट सम्मानित गरिएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले शेर्पालाई उक्त  सम्मान प्रदान गरेका हुन्  ।

लाक्पा सोनाम शेर्पा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली  आरोही पनि  हुन् ।

५ दशकदेखि नेपालको पर्वतीय पर्यटनको विकास,विस्तार र आन्तरिक रोजगारी सिर्जनाका साथै पर्यटक भित्र्याउन गरेको योगदानको कदर स्वरूप सो पुरस्कार प्रदान गरिएको सिफारिस समितिले जनाएको छ ।

सोनामलाई पुरस्कार प्रदान गरेपछि सम्बोधनका क्रममा प्रधानमन्त्री  दाहालले आरोहीको हक हितको संरक्षण गर्न सरकारले अर्थ मन्त्रालयमार्फत एक कल्याणकारी कोष खडा गर्ने बताएका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित शेर्पाले प्रधानमन्त्रीको घोषणाको स्वागत गर्दै आफूले पुरस्कारमा पाएको १ लाख रुपैयाँमा आफ्नो तर्फका एक लाख रुपैयाँ थपेर २ लाख रुपैयाँ आरोही कल्याणकारी कोषमा दिने घोषणा गरेका छन् । यसबाट कोष खडा गर्न दबाब पुग्ने उनको भनाइ छ।

‘आरोहीको हक हितको लागि कल्याणकारी कोष खडा गर्ने जुन कुरा गर्नुभएको छ,यो एकदमै सराहनीय लागेको छ । अर्थ मन्त्रालयमार्फत खडा हुने सो कोषमा मैले पाएको एक लाख राशिको पुरस्कारमा एक लाख रुपैयाँ थपेर योगदान दिने घोषणा गर्दछु ’, शेर्पाले भनेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend