बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम पारित; आर्थिक सर्वेक्षण पेश

आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम पारित; आर्थिक सर्वेक्षण पेश

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।  संसदको आइतबार (१३ जेठ ) को बैठकबाट सरकारको  उक्त नीति तथा कार्यक्रम पारित भएको हो।

आइतबार नै  सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्दै आएको छ ।


यस पटक संसदमा काङ्ग्रेसको नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे ।

उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend