काठमाडौं । तत्कालिन माओवादीले जनयुद्ध शुरू गरेको दिनलाई एतिहासिक दिनको रुपमा लिने गरिन्छ । माओबादीले शुरु गरेको जनयुद्धले देशमा मात्र होईन बिश्वजगतमै आश्चर्य बनायो । अहिले तत्कालिन माओबादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भएको अवस्था छ । माओबादीले सुरु गरेको जनयुद्धको दिनलाई नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशै भर भव्य रुपमा मनाउने भएको छ ।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शुरू भएको सशस्त्र संघर्षका बारेमा तत्कालीन एमालेले भिन्न मत राख्दै आएको भए पनि माओवादी केन्द्रसंग पार्टी एकता भएपछि नेकपाले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने तयारीमा जुटेको हो ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा फागुन १ गते पार्टीका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।
नेकपाको प्रदेशबाहेक जिल्ला कमिटी एकता नभइसकेकाले संयुक्त रूपमा कार्यक्रम राख्न निर्देशन दिएको नेकपाले जानकारी दिएको छ । सातै प्रदेश, जिल्ला कमिटी र भ्रातृ संगठनसमेतले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली र विविध कार्यक्रम आयोजना गरेको नेकपाको भनाइ छ ।
जनयुद्ध दिवसको सन्दर्भमा नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बुधबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने र स“ाझ माइतीघरमण्डलामा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गर्ने भएको छन् । दुवै संगठनको बसेको बैठकले फागुन १ गते जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend