बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘नेपोन’ महानगर कमिटीको अध्यक्षमा हर्क खाती निर्वाचित

‘नेपोन’ महानगर कमिटीको अध्यक्षमा हर्क खाती निर्वाचित

१३ जेठ , काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को काठमाडौं महानगर कमिटीमा हर्क खाती निर्वाचित भएका छन् ।

नेपोनको शनिबार सम्पन्न प्रथम अधिवेशनले खातीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो। अधिवेशनले संगठनको उपाध्यक्षमा गोपाल कार्की , सचिवमा सृजुन थापा , कोषाध्यक्षमा गोविन्द कटुवाल लगायतलाई सर्वसम्मत चयन गरेको हो।

नेकपा ( एमाले)को जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक (नेपोन) को काठमाडौं महानगरको उक्त प्रथम अधिवेशन नेपोन केन्द्रीय अध्यक्ष एवं पूर्व जर्नेल विनोद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend