बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

‘नेपोन’ – काठमाडौं महानगरको प्रथम अधिवेशन सम्पन्न हुँदै

‘नेपोन’ – काठमाडौं महानगरको प्रथम अधिवेशन सम्पन्न हुँदै

१२ जेठ , काठमाडौं । नेकपा ( एमाले)को जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को काठमाडौं महानगरको प्रथम अधिवेशन आज सम्पन्न हुँदै छ।  नेपोन केन्द्रीय अध्यक्ष एवं पूर्व जर्नेल विनोद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा  नेपोनका महानगर कमिटीका इन्चार्ज एवं पार्टी पोलिटव्यूरो सदस्य रामेश्वर फूँयाल, नेपोनका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार , नेपोन महानगर कमिटी अध्यक्ष गणेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन समारोह  आयोजक कमिटीका संयोजक हर्क बहादुर खातीको अध्यक्षतामा सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विनोद पाण्डेले यो संगठन निर्माण गर्ने क्रममा नेपाल , भारत , सिङ्गापुर, बेलायत लगायतका देशमा काम गरेका सम्पूर्ण भूतपूर्व सुरक्षाकर्मीलाई समेटिएको बताए।संगठनको विस्तार समावेशी ढंगमा गर्नका लागि पार्टीले काम गरिरहेको उनले जानकारी दिए।

उनले नेकपा (एमाले ) मात्र देशको सबै समस्या पहिचान गरेर तिनको उचित किसिमले समाधान गर्न सक्षम पार्टी रहेको बताए ।

” एमालेको लागि सत्ता होइन, देशको एकता र समृद्धि प्राथमिक कुरा हो” उनले भने, ” यसको लागि एमालेले सबैलाई समेटेर , सबैको साथ लिएर अगाडि बढ्छ।”

त्यस्तै , कार्यक्रमका विशेष अतिथि नेपोन महानगर कमिटीका इन्चार्ज रामेश्वर फूँयालले नेपोनले आगामी एक वर्षको स्पष्ट कार्ययोजना बनाएर त्यसलाई सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताए ।

फूँयालले एमालेले संचालन गरेको ‘मिसन ´८४’ को चुनावमा पार्टीलाई स्पष्ट बहुमत सहितको देशको पहिलो शक्ति बनाउन यो संगठन लाग्नुपर्ने बताए। सिंगो मुलुकलाई एकतावद्व बनाएर समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने एमालेको उद्देश्य रहेको उनले बताए । “जनताको बहुदलीय जनवाद” को आलोकमा देशमा विद्यमान संगठित अराजकता र अतिवादलाई परास्त गर्ने उनले बताए ।

अधिवेशनका संयोजक हर्क खातीले सर्वसम्मत ढंगले संगठनको नयाँ कार्यसमितिको चयन गरिने बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend