सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मान्छे धनी बन्न जागिर भन्दा व्यवसाय नै उत्तमः पूर्वअर्थमन्त्री पाण्डे

मान्छे धनी बन्न जागिर भन्दा व्यवसाय नै उत्तमः पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौ  । पूर्वअर्थमन्त्री एवंम नेकपाका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले व्यक्ती धनी बन्नको लागी जागिरे मानशिकता त्यागेर उद्यमशिलता र व्यवसाय गर्नु पर्नेमा जोड दिएका छन् । रेवान सौराहाको आयोजनामा सुरु भएको १३ औं सौराहा फुड फेस्टिवलको उद्घाटन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले धनी हुन जागिर खाने नभई व्यवसाय गर्नु पर्ने वताए । जागिरले मान्छेको आर्थिक स्थिती उकासिदैन पुर्व अर्थमन्त्री पाण्डेले भने – अर्को पिढिलाई समेत सहज वनाउन व्यवसायलाई जोड दिनु पर्छ ।

पुर्वअर्थमन्त्री पाण्डेले बाढीबाट पुर्वी चितवनलाई सुरक्षित गराउन राप्ती र कयर खोलामा स्थायी किसिमको तटवन्धन गर्न लागिएको वताए । त्यसका लागि राप्तीमा सर्वेको काम भईसकेको र कयर खोलामा विस्तृत योजना प्रतिवेदन तयार भई प्रक्रिया अघि वढीसकेको उनले वताए । रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश साँसद कृष्ण खनाल,जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगरका मेयर नारायण वन , बीरगंज स्थित भारतिय महावाणिज्य दुतावासका महावाणिज्य दुत रमेश चर्तुवेदी,रेवान सौराहाका संस्थापक अध्यक्ष वलराम दाहाल,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना,थारु कल्याणकारीणी सभा चितवनका सभापति ललित चौधरी, लगायतले मन्तव्य राखेका थिए ।

फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहेहका छन् । फेस्टिवलका संयोजक धु्रव गिरीका अनुसार फेस्टिवल अवधिभर मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता हुने छ । फेष्टिवलबाट भएको आम्दानीबाट आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने संयोजक गिरीले वताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend