सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकाघरका परिवारले एक भन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने

एकाघरका परिवारले एक भन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने

काठमाण्डौ   । मेनपावर कम्पनीको धरौटी रकम पढाउने सरकारले गृहकार्य थाले संगै केही महिना देखी मेनपावर व्यवसायीमा तरङग उत्पन्न भएको छ । यस्तै सरकारले म्यानपावर कम्पनीको धरौटी रकम परिमार्जन गरेको छ । सोमबार बसेको संसदको कानुन समितिको बैठकले केही नेपाल ऐन संशोधन विधेयकमा वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गर्दै धरौटी रकमसमेत परिमार्जन गर्ने सहमति गरेको हो ।

समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई १ करोड नगद ५ करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा बढी कामदार पठाउनेलाई २ करोड नगद र ७ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि, सरकारले ५ हजारभन्दा बढी कामदार पठाउनेलाई ६ करोड र कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै विधेयक दर्ता गरेको थियो ।

यस्तै, समितिले वर्षमा सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपवार व्यवसायीलाई खारेज गर्ने निर्णय गरेको छ । नेपाल ऐनमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा समितिले कामदार कम्पनीलाई एक पटक अवसर दिने र अर्को पटक पनि सयभन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ ।यस्तै, एकाघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ । समितिले पारित गरेको विधेयक भोलि बस्ने संघीय संसदको बैठकमा पेश गरिनेछ । बैठकबाट विधेयक पारित भएमा म्यानपावरसम्बन्धी नयाँ व्यवस्था लागु हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend