बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल

कांग्रेसको गतिविधि इतिहासकै कलंक: प्रधानमन्त्री दाहाल

७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले अहिले संसदमा देखाएको अराजक गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने टिप्पणी गरेका हुन् ।

उपप्रधान तथा  गृहमन्त्री रवि लामिछाने सहकारीको वचत अनियमिततामा संलग्न रहेको निराधार आरोप लगाउदै काङ्ग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई  एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend