सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन

सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन

६ जेठ, काठमाडौँ। नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा छवि कँडेल, प्रथम उपाध्यक्ष (वाणिज्य)मा एकदेव रिमाल, द्वितीय उपाध्यक्ष (उद्योग)मा सुरेन्द्र तिवारी, महासचिवमा तेजनारायण पाण्डे, कोषाध्यक्षमा माधवप्रसाद सापकोटा, सचिवमा विष्णुप्रसाद पंगेनी र वरिष्ठ सदस्यमा शालिकराम सापकोटा निर्वाचित भए।

त्यसैगरी सदस्यमा गोपालप्रसाद सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शालिग्राम सापकोटा, परमेश आचार्य, किशोरकुमार लम्साल, सिर्जना पौडेल, कविराज आचार्य, कमल शर्मा गौतम, गोकुल सापकोटा, विनोदकुमार श्रेष्ठ, घनश्याम पराजुली, अमित अग्रवाल, दीपकप्रसाद भट्टराई, राकेशकुमार हरलालका, मीना दाहाल, शेषकान्त कोइराला, प्रकाश सापकोटा, समीर श्रेष्ठ, मेघराज कँडेल र कृष्ण न्यौपाने निर्वाचित भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend