सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाम एकताको चीनद्वारा स्वागत

बाम एकताको चीनद्वारा स्वागत

छिमेकी मित्र राष्ट्र चीनले नेकपा (एमाले ) र नेकपा माओवादी केन्द्र पाटी एकताको स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले स्वागत गरेका हुन् । उपमन्त्री झाउले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताको स्वागत गर्दै एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने विश्वास व्यक्त गरे । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो । प्रचण्डले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुबै पार्टी एकताको निर्णयमा पुगेको बताएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपमन्त्री ये झाउले नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यस अघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले प्रचण्डलाई चिनियाँ राष्ट्रपतिले लेखेको पुस्तक ‘द’ गभर्नेन्स अफ चाइना– २’ हस्तान्तरण गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend