काठमाडौं । नेपालमा नक्कली नोट सहित पक्राउ पर्ने गरेको घटना बारम्बार आउने गर्छन् । यस्तै महानगरीय प्रहरी प्रभाग, गोंगबुले १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ओमबहादुर कुव“र क्षेत्री लाई पक्राउ गरेको छ । अनुसन्धान अधिकारीहरुका अनुसार गएराति विशेष सूचनाका आधारमा प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुगेको थियो । त्यहा“ एउटा फल्याटमा छापा मार्दा ओमबहादुरको कोठामा रहेको दराजबाट १४१ वटा हजार दरको नक्कली नोट भेटिएको थियो भने नजिकै रहेको हिक्मत कु“वरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको थियो । हाल हिक्मत कुव“र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend