सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

१ जेठ, काठमाडौं । आज सरकारको नीति तथा कार्यक्रम पेस हुने भएको छ । आज बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

संघीय संसद्का दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरुप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend