काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीको लागि बढुवाको सिफारिस गरेको छ । प्रधान कार्यालयको हिजो बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो ।प्रहरी वरिष्ठ उपरिक्षक सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश जोशी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी लगायत रहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend