२६ वैशाख ,काठमाडौं । यही वैशाख १५ गते इलाम- २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काठमाडौंको बानेश्वरस्थित संसद भवनमा एक समारोहबीच नेम्वाङलाई शपथ ग्रहण गराएका हुन्। सभामुख घिमिरेले उनलाई प्रतिनिधिसभा सदस्यको लोगो पनि लगाइदिए ।
उक्त उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।
सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।
सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend