सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

वैशाख २५ मा संसद्को बजेट अधिवेशन बोलाउने सरकारको तयारी

वैशाख २५ मा संसद्को बजेट अधिवेशन बोलाउने सरकारको तयारी

फाइल तस्बिर ।

१९ वैशाख, काठमाडौं । आगामी वैशाख २५ गते सरकारले संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिए । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्‌मा लैजाने तयारी भइरहेको बताए ।

त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाइ छ । उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसद्‌मा विधेयक नै आउनसक्ने पनि उनले बताए ।

#पदम गिरी

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend