१८ बैशाख, काठमाडौं । सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ । ‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड तोडेको हो । यो चलचित्र प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको छ ।
सिड्नी वितरक एवं प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । भट्टराईका अनुसार सिड्नीका अधिकांशभन्दा बढी शो हाउसफुल र बाँकी शोले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ले पाएको उनको भनाइ छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा प्रदर्शनरत छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend