सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदै

दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदै

१६ बैशाख, काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदैछ । आजदेखि मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो ।

आइतबार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–८, बौँथलीचोकमा विद्युतका दुई महत्वपूर्ण पूर्वाधार एकैसाथ प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्‌ । विद्युत प्रसारणका यी दुई पूर्वाधार तयार गर्न नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, नर्वे सरकार र एसियाली विकास बैंक ९एडीबी०ले लगानी गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend