काठमाडौ । अहिले काठमाडौं लगायत देशका बिभिन्न ठाउँमा पानी परिरहेको छ । पानी परे संगै चिसो पनि त्यतिकै मात्रमा बढेको छ । यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तीन दिनसम्म मुलुभर वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वितर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद्को सुवास रिमालको भनाई छ । मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend