सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

ग्लोबल आईएमई बैंक सम्मानित

ग्लोबल आईएमई बैंक सम्मानित

१५ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाका रूपमा ग्लोबल आईएमई बैंक लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा ग्लोबल आईएमई बैंक सम्मानित भएको हो ।

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरे । राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend