काठमाडौ। उच्च शिक्षा तथा माध्यमिक विद्यालयहरूको संगठन हिसानले यस बर्ष पनि खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही माघ २४ देखि २८ सम्म सञ्चालन हुने जानकारी दिइएको छ । उपत्यकामा उच्च शिक्षा उपल्वध गराउन सञ्चालित कलेजहरूका एक हजार छात्रा,छात्रहरूको उक्त खेलकुद महोत्सवमा सहभागिता रहने छ । यस खेल सप्ताहमा बास्केटबल, भलिबल, टेबल टेनिस, लगायत १० विधामा प्रतिस्पर्धा गराइने छ ।
विद्यार्थीमा बौधिक क्षमता विकासका लागि हाजिरी जवाफ, कविता र वकतृत्वकलाको प्रतिस्पधा गराईने बताएको छ । पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले यस प्रकारको खेल सप्तााहको आयोजनाले विद्याथीको अतिरिक्त क्रियाकलापमा प्रत्यक्ष योगदान पुग्ने बताए । प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन भई भविष्यमा खेल मार्फत नेपालको नाम विश्वमा चिनाउन सहयोग पुग्ने हिसानले विश्वास लिएको छ ।

सप्ताह व्यापी यो प्रतियोगिता काठामाण्डौंका विभिन्न ७ विद्यालयमा सम्पन्न हुने जानकारी गराइएको छ । उक्त र्कायक्रमको विशेष आकर्षणको रूपमा काठामाण्डौं गोल्डेन क्रिकेट टिमलाई सार्वजनिक गरिएको थियो । गोल्डेन गेट कलेज द्धारा प्रवद्धित काठामाण्डौं गोल्डेन टिममा १२ राष्ट्रिय स्तरका खेलाडी समेटिएको जनाइएको छ । यस टिममा राष्ट्रिय क्रिकेट खेलाडी टोलीका उप–कप्तान राजेन्द्र« मल्ल, अनिल शाह र ललित राववंशीले सहभागिता जनाएका छन् । त्यस टिममा यस अघिका यु–१६ प्रतिशपर्था खेलेका सूर्य तामाङलाई ल्याइएको छ । भने अन्य खेलाडीहरू यु–१९ खेलेका खेलाडीहरू सहित पूर्ण व्यवसायीक टिमले अन्तरदेशिय क्रिकेट प्रतियोगीतामा आफ्नो क्षमता प्रस्तुत गर्न जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend