काठमाडौं । पछिल्लो समय बलात्कारका घटना दिनप्रति दिन बढदै गईरहेका छन् । यस्ता घटनाले आम नागरिकलाई आतङकित पारेको छ । नेपालमा बलात्कार सम्बन्धी कडा कानुन भए पनि कार्यान्वयन नहुँदा अपराधी भनसुन र पावर लगाएर उन्मुक्ती पाईरहेका छन् । यसै बिच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।
नेतृ भुसालले प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । अपराधिलाई कानुनको दायरामा ल्याउन सरकारले चित्तबुज्ने तरिकाले काम गरेको पाईदैन् । महिला हिंसा यूनीकरणको विषयमा सरकार बेखबर रहेको भुसालको आरोप छ ।
पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको माग गरेकी छिन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend