सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ

गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा  सार्वजनिक विदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले तीन दसक लामो कुशासन र गलत अभ्यास सुधार गर्न केहि समय लाग्ने  प्रष्टीकरण दिएका छन् । परम्परागत अभ्यास छोडेर  कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनले बताएका छन्  ।

भ्रमणमा दिइएको  सार्वजनिक विदाको औचित्यमा प्रश्न उठेपछि  गृहमन्त्री रविले अनावश्यक विदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ति लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको  बताएका छन् । नयाँ नियमावली बनाउन केहि समय लाग्ने उनले बताएका छन् ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

गृहमन्त्री रविले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend