बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन

सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन

काठमाडौं । हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्सको  सहकार्यमा आफ्नो व्यवसायीक योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन गरेको छ  । हिरो मोटोकर्प मोटरसाइकल र स्कुटरको प्रमुख उत्पादनकर्ता कम्पनी हो।

यही बैशाख ९ गते आइतबार एक भव्य कार्यक्रमका बीच हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू – Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल नेपाली  बजारमा ल्याएको हो ।


स्थानीय रूपमै एसेम्बल गर्ने यस प्लान्टको क्षमता वार्षिक ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको पनि छिटो  विस्तार गर्ने जनाएको छ ।

यस सहकार्यको बारेमा आफ्नो राख्दै हिरो मोटोकर्पको ग्लोबल युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘हिरो मोटोकर्प विश्वभरका ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ र सीजी मोटर्ससँगको सहकार्य निकै महत्त्वपूर्ण छ ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्धक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष योजना हो । हामी हाम्रो सुविधाको उ‌द्घाटन गर्न र यी उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं ।’

सीजी मोटर्सले काठमाडौंमा  प्रमुख तथा फ्ल्यागशिप शोरुम संचालनमा ल्याएको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स सर्भिस आउटलेटहरू खोल्ने कम्पनीले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend