बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

महालेखापरीक्षक तोयम रायाले लिए सपथ

महालेखापरीक्षक तोयम रायाले लिए सपथ

७ बैशाख , काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीवार (६ चैत) राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई पद तथा  गोपनियताको सपथ गराएका  हुन् । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई  नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा हिजो नै नियुक्त भएका हुन्। उनको कार्यकाल ६ वर्षको हुनेछ।

गत मंगलबार बसेको बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको थियो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ( प्रमुख तथ्याङ्क अधिकारी ) थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो। महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend