खबरब्रेकिंग,काठमाडौं, बैशाख २। सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend