सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भन्सार कार्यालयको कारण साल्ट ट्रेडिङको करोडौंको चिनी बिग्रने खतरामा

भन्सार कार्यालयको कारण साल्ट ट्रेडिङको करोडौंको चिनी बिग्रने खतरामा

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशनकोे करिब २४ हजार ४५ मेट्रिक टन चिनी भारतीय सुख्खा बन्दरगाहमा थनकिएर बसेको लामो समय भयो । उक्र चिनी रोकिएको पाँच महिना बितिसक्दा पनि गोदामै थन्किएको बसेको छ । करीब १३ करोड मूल्य बराबरको चिनी रोकिएर बस्दा सरकारी निकाय भने यो वा त्यो बहाना बनाएर उम्किन खोज्छन् ।

सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेशनले खरिद गरेको उक्त परिणामको चिनी गोदाममा थन्किएको बस्न पुगेको भन्सारका कर्मचारीहरुको भनाई छ । परिणात्मक बन्देजका कारण महिनौ बितिसक्दा पनि कर्पोरेशनले चिनी ल्याउन सास्ती खेप्न परेको छ । लामो समयसम्म गोदाम मै थन्किएका कारण चिनी बिग्रदै गएको छ ।

कर्पोरेशनले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर आमसर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा बिक्रिी गर्ने योजना थियो । कर्पोरेशनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । मन्त्रिपरिषद्को निर्णयलाई आधारमानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले कर्पोरेशनको चिनी रोकिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend