काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले पार्टी एकताको मापदण्डलगायतका विषय टुंग्याउन कार्यदललाई निर्देशन दिएको छ । बैठकले ९ सदस्यीय कार्यदललाई सकेसम्म चाँडो प्रतिवेदन बुझाउन निर्देशन गरेको छ । महासचिव विष्णु पौडेलको अध्यक्षतामा रहेको कार्यदललाई बैठकले तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । बैठकमा सचिवालयले भेनेजुएला प्रकरणका बारेमा पनि सामान्य छलफल भएको नेकपाका एक नेताले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend