बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनु पर्छः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनु पर्छः शिक्षामन्त्री श्रेष्ठ

खबरब्रेकिंग,काठमाडौं, चैत १९। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन् । मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा आज जारी गरेको सन्देशमा यस्तो आग्रह गरेकी हुन ।

उनले शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताइन । शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गरेकी छन् । शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा उनले व्यक्त गरिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend