बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माउण्टेन ईनर्जीको दसौं साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर प्रदान

माउण्टेन ईनर्जीको दसौं साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर प्रदान

काठमाडौं । माउण्टेन ईनर्जी नेपाल लिमिटेडको दसौं वार्षिक साधारण सभाले कम्पनीका शेयरधनिहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि चुक्ता पूँजीको १५% का दरले हुने रु.२९ करोड ५२ लाख ४ हजार ५ रुपैया बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५% अर्थात रु. १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैया नगद लाभांश प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष सुहृद राज घिमिरेको अध्यक्षतामा   चैत १३ गते  मंगलबार सम्पन्न साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

माउनण्टेन ईनर्जीले नुवाकोट जिल्लामा संचालित ५ मेगावाट को तादी खोला जलविद्युत आयोजनाबाट २०६९ चैतबाट व्यावसायिक उत्पादन गरिरहेको छ। त्यस्तै , म्याग्दी जिलास्थित ४२ मेगावाटको मिष्टी खोला जलविद्युत आयोजनाबाट २०७८ असारबाट व्यावसायिक उत्पादन भईरहेको छ। हाल कम्पनीले १२ मेगावाटको मिष्टी खोला-२ परियोजनाका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसङ्ग विद्युत खरिद बिक्री सम्झौता (PPA) को क्रममा रहेको जनाएको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीको खुद आय ३७ करोड ४८ लाख रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend