बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

१० चैत ,काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।

स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच हालै  सम्झौता भएको हो ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

नबिल बैंकले आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत  ग्राहकहरुले सो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend