काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक यथास्थितिमै पारित हुने सम्भावना कम रहेको बताएका छन् ।
नेपाल जनप्रशासन संघले बुधबार ( ७ चैत ) मा आयोजना गरेको संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले सो कुरा बताएका हुन् ।
समय छदा नै उचित किसिमले छलफल गर्नुपर्ने सोचाइमा आफू रहेको बताउँदै उनले मुख्य सचिव र मन्त्रीसहित राखेर समितिमै छलफल गर्ने सोचमा रहेको बताए ।
उनले कर्मचारीको हकहितमा त छँदै छ, जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ भन्नेमा पहल कदमी लिने बताए ।

नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यको सभापतित्वमा सम्पन्न अन्तर्कृयामा नेपाल सरकारका सचिव गोपिनाथ मैनालीले संघीय निजामती सेवा एेन २०८० सम्बन्धि विधेयकको विविध पक्षबारे प्रस्तुति दिएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend