६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सुनियोजित रूपमा बदनाम गराउने र फसाउने खेलमा लागेको नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले बताएका छन् ।
नेपाली काङ्ग्रेसले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै प्रधानमन्त्रीसङ्ग संसदमा जवाफ मागेको छ ।
आज धनगढीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । ‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ ?’, ओलीले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै यसलाई महत्व दिन आवश्यक नभएको पनि अध्यक्ष ओलीले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend