खबरब्रेकिंग,काठमाडौं, चैत ५। ‘नेतृत्व एकताको विकास तथा शारीरिक स्वस्थता’ सम्बन्धी दुईदिने कार्यक्रम महालक्ष्मी विकास बैंकले गरेको छ।
बैंकले हालै चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकको उपस्थितिमा कार्यशाला गोष्ठी गरेको हो।
अर्थतन्त्रमा देखिएको मन्दीबीच आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा गोष्ठीमा छलफल भएको बैंकले जनाएको छ। यो अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीको सामूहिक प्रयत्न आवश्यक रहने निष्कर्ष निकालिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend