सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतको दूतावासले पायो राजदूत, अब कस्तो होला भारत संगको सम्बन्ध

भारतको दूतावासले पायो राजदूत, अब कस्तो होला भारत संगको सम्बन्ध

काठमाण्डौ । केही समय देखी दिल्लीस्थित नेपाली दूतावास राजदूत बिहिन थियो । राजदूत रिक्त हुँदा काम कारबाही प्रभाबित भएको जनगुनासो बढ्दै गईरहेको बेला अन्तत दिल्लीस्थित नेपाली दूतावासले राजदूत पाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्ले सिफारिस गरेको आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो ।
वि.सं.२००० मा सल्यान जिल्लाको खलंगामा जन्मनुभएका आचार्यले कानुनमा स्नातक (बीएल) र मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन् । विद्यार्थी छँदा नै २०१९ मा राजनीतिमा लागेका आचार्य २०४२ बाट कम्युनिष्ट आन्दोलनमा लागेको थिए ।
आचार्य वाममोर्चाको तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री समेत बनेका थिए ।
तत्कालीन राजदूत दीपकुमार उपाध्यायले गत वर्ष प्रतिनिधिसभामा उम्मेद्वार बन्न राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन थियो । त्यसपछि २०५३ देखि २०५६ सम्म आचार्य श्रीलङ्काकाको लागि नेपाली राजदूत बने । पहिलो संविधानसभामा नेपाली कांग्रेसले आचार्यलाई मनोनित कोटाबाट संविधान सभा सदस्य बनाएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend