काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले २०६२र६३ को आन्दोलनमा धर्म्निरपेक्षताको विषय कहीँकतै नउठेको भन्दै विदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्मनिरपेक्षता लादिएको बताएका छन् ।हिन्दूत्व जनजागरण काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा शनिवार आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्र चाहने तर जुनसुकै पार्टी र विचार निकट भएकाले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे ।
सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने चर्चा गर्दै अध्यक्ष थापाले हिन्दू धर्ममा आस्था राख्ने कोही पनि अरु धर्मको विरोधी हुन नसक्ने दाबी गरे ।थापाले थपे, ‘५ वर्ष अगाडिको ऋगवेदले नै हामीलाई सिकाएको छ, सत्य एउटै छ, भगवान एउटै छन, बाटो मात्र फरक हो ।’ राप्रपाले उठाएको हिन्दू राष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।
धर्म निरपेक्षताको एजेन्डा विदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असंवैधानिक र षड्यन्त्रमूलक ढंगले जबर्जस्ती बोकाइएको भारी बोक्न अब नेपाली जनतालाई मञ्जुर नभएको बताए । धर्म्निरपेक्षताले किराँत र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै उनले धर्म परिवर्तनको डढेलोप्रति आपत्ति प्रकट गरे ।
कार्यक्रममा पार्टीका नेता विक्रम थापा, भुवन पाठक, राजाराम बर्तौला, वसन्तमान सिंह अधिकारी, निना भेटवाल, केशव रेग्मी, सुनिता कुरुङ्वाङ, सिर्जना रानी बर्मा, सन्तोष अधिकारी लगायत धार्मिक व्यक्तित्वले बोलेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेलाई अध्यक्ष कमल थापाले स्वागत गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend