बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा सम्पन्न

गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २८औं र २९औ संयुक्त  वार्षिक साधारण  सभा सम्पन्न भएको छ।  कम्पनीका अध्यक्ष  डेकिन्द्र कुमार राईको अध्यक्षतामा  चैत २ गते शुक्रबार अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तीसपूतली, काठमाडौंमा उक्त साधारणसभा  सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० र २०७९/८० को संचालक समितिको प्रतिवेदन  छलफल र सुझावसहित पारित गरको छ । त्यसै गरी सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषढ मसान्त र २०८० आषाढ मसान्तको वासलात तथा २०७९ श्रावण १ गतेदेखि २०७९ आषाढ मसान्त र २०७९ श्रावण १ गतेदेखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरेको छ । साथै सभाले पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष राईले ‘गोर्खाली परिचय’ बोकेको यस संस्थालाई पुनः सबल बनाएर सेयरधनिहरुलाई राम्रो प्रतिफल दिनको लागि वर्तमान संचालक समिति प्रतिबद्ध रहेको बताएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend