काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३०औं साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यही फागुन ३० गते सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले प्रस्तुत गरेका कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण छलफल र सुझावसहित पारित भएको छ।
इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका छन् ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् ।
यस्तै, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित भएका हुन् । सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend