बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राष्ट्रिय नागरिक विकास समाजद्वारा विभिन्न नारी व्यक्तित्वहरु सम्मानित

राष्ट्रिय नागरिक विकास समाजद्वारा विभिन्न नारी व्यक्तित्वहरु सम्मानित

२८ फागुन , काठमाडौं । संघीय संसद तथा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले महिला माथिको लगानी राष्ट्रको विकासको लागि गरिएको महत्त्वपूर्ण लगानीको रूपमा लिनुपर्ने बताएकी छिन् । राष्ट्रिय नागरिक विकास समाजले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा योगदान गरेका महिलाहरुलाई सम्मान गर्न आयोजना गरेको विशेष कार्यक्रममा उपसभामुख रानाले यस्तो बताएकी हुन् ।

उपसभामुख रानाले सभ्य समाजको निर्माण गर्नको लागि बालबालिकालाई असल संस्कार र शिक्षा नै महत्त्वपूर्ण हुने बताइन् । महिलाको मात्रै नभएर पछाडि परेका सबै समुदायको विकासमा राज्यले ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिइन् ।

सो कार्यक्रम नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरको संयोजकत्व तथा यमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। विविध क्षेत्रमा रहेर सामाजिक रुपान्तरणमा योगदान दिएर सम्मान प्राप्त गर्ने महिला व्यक्तित्वहरु यसप्रकार रहेका छन् :

१. लक्ष्मी कुँवर , अध्यक्ष एवं शिक्षासेवी , नेपाल प्रहरी श्रीमती संघ

२. सीता पन्थी गैरे, शिक्षासेवी एवं संपादक , खबरब्रेकिंग अनलाइन मिडिया

३. आनी भिमसुवा गुरुङ ,अध्यक्ष , विश्व बौद्ध धर्मसंघ

४. पुजा कुँवर , निर्देशक , नार्कोनन नेपाल

५. सुष्मा महरा शाह , वरिष्ठ सौन्दर्यविद एवं निर्देशक , फेसियल हाउस

६. हिरामाया श्रेष्ठ , कृषि उद्यमी

७. शान्ता राई, नगर कार्यपालिका सदस्य , टोखा नगरपालिका

८. कमला सुवेदी , अध्यक्ष , सृजनशिल महिला विकास केन्द्र

९. भुमा गुरुङ , महिला नेतृ एवं समाजसेवी , टोखा नगरपालिका – ३

१०. टिकामाया काफ्ले घिमिरे , आयुर्वेदिक उपचार विशेषज्ञ एवं अभियन्ता

११. उषा पौडेल घिमिरे , वरिष्ठ शिक्षाविद

१२. यमुना के. सी. , अध्यक्ष , रोल्पाली चेली समाज , रोल्पा

१३. कल्पना पौडेल फुयाँल , जुम्बा योग प्रशिक्षक एवं संचालक , मातृशक्ती योगा जुम्बा

१४. लक्ष्मी छिनाल , व्यवसायी

१५. देवकी अभिलाषी , अध्यक्ष , उर्बरा फाउन्डेशन नेपाल

१६. कविता के. सी. खाती , अध्यक्ष , नेपाली चेली
फाउन्डेशन

१७. अमिशा सुनाम , मोडल , फेसन डिजाइनर

१८. गिता अधिकारी , लेखक एवं सञ्चारकर्मी

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend