२६ फागुन , काठमाडौं । नेपालका लागि चीनिया विद्युतीय कार ‘सेरेस इभी’को आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याएको छ ।

एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु ले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार नयाँ सोरुम उद्घाटन गरेका हुन् ।
ग्राहकका अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम रहनेछ ।
नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिने कम्पनीको विश्वास रहेको छ ।
सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, , चितवन र भक्तपुरमा पनि सोरुम संचालन गर्ने बताएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend