सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महेन्द्र भण्डारीले नेतृत्व सम्हाले संगै बालाजु जेसिजमा खुशीयाली

महेन्द्र भण्डारीले नेतृत्व सम्हाले संगै बालाजु जेसिजमा खुशीयाली

काठमाडौं – समाजसेवी यूवा महेन्द्र भण्डारीले नेतृत्व सम्हालेपछि बालाजु जेसिजमा उत्साह थपिएको छ । भण्डारीको अध्यक्षतामा निर्वाचित नयाँ नेतृत्वको पदस्थापना कार्यक्रम पछि बालाजु शाखामा नयाँ योजनाका साथ काम हुने भन्दै उत्साह थपिएको हो । गुल्मीको धुर्कोटमा जन्मेका भण्डारीले तेश्रो अधिवेशनबाट बालाजु जेसिजको नेतृत्वमा पुगेका हुन् । जियोमेटिक्स ईन्जिनिरीयङ्ग क्षेत्रका भण्डारी काठमाडौ र गुल्मीमा समाजसेवीका रुपमा परिचित छन् ।

भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उर्जा थपिएको बालाजु जेसिजले बताएको छ । सानै उमेरमा रोजगारीका लागि यूनाईटेड अरब ईमिरेट्ेस पुगेका भण्डारीले त्यहाँ रहँदा समस्यामा परेका नेपालीहरुलाई गरेको सहयोग गरेपछि उनै धेरै नेपालीमाझ समाजसेवी छवि प्रस्तुत गरेका थिए । उनकै सहयोगमा दुवै मृगौलाले काम गर्न छाडेका धुर्कोटकै रोमलाल भण्डारीको सफल मृगौला प्रत्यारोपण हुनुका साथै ७ दिने सुत्केरी अवस्थामा प्यारालाईज्ड भई उपचारमा समस्या भएकी विनीता घिमीरे खवासको उपचार भैरहेको छ । सानैदेखि समाजसेवी स्वभावका भण्डारीको जेसिस यात्रा २०१५ बाट शुरु भएको हो ।

बालाजु जेसिजको सदस्य कोषाध्यक्ष र कार्यकारी उपाध्यक्ष हुँदै उनको समाजसेवि छवि र सत्रियताका कारण छोटो समयमै अध्यक्षको जिम्मेबारीमा पुगेका हुन । कानुन, अर्थशास्त्र र अँग्रेजी विषयका विद्यार्थी भण्डारी मिलनसार र सहयोगी स्वभावका कारण जो कोहीसंग पनि चाँडै परीचित हुन्छन् । भण्डारीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति चयनभएपछि मन्त्रीपरीषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा पदस्थापना कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले जेसिसले सक्रिय समाजसेवी यूवाले नेतृत्व सम्हालेपछि समाजको विकासमा गुणात्मक फड्को मार्ने भन्दै खुसी व्यक्त गरे । नयाँ नेतृत्वलाई सुभकामना दिँदै उनले सुगम मात्र नभई दुर्गम क्षेत्रमा समेत शाखा विस्तार गरी समाजसेवा गरेकोले समाजसेवामा महत्वपूर्ण योगदान रहेको बताए । उनले समाजमा नैतिकताको खडेरी पर्न थालेको अवस्थामा जेसिस अभियानमा लागेका यूवाहरुले स्कूल तहमा पनि नैतिक शिक्षा दिएर यूवालाई नैतिकवान, संस्कारी बनाउन सुझाव दिए ।

‘नेपालको समाज बुझेर दिगोविकासका अवधारणा अनुसार जेसिजले जुन किसीमको काम गरेको छ त्यो उदाहरणीय छ’ उनले भने ‘संयुक्तराष्ट्रसंगको दिगो विकास अवधारणा अनुसार ‘राईज टु लिड’ भनेर अगाडी बढेकोले यो दिगो विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले एक वर्ष एक व्यक्ति एक पदको संस्कार जेसिसमा रहेकोले यो संस्कार नेपालमा राजनीतिक नेतृत्व र अन्य संस्थाले पनि अनुशरण गर्नुपर्ने बताए ।नव निर्वाचित अध्यक्ष भण्डारीले बालाजु जेसिजलाई वर्ष २०१९ मा शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, महिला शसक्तिकरण तथा नेतृत्व र व्यक्तित्व विकासका क्षेत्रमा काम गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डेले नयाँ नेतृत्वको सक्षम यूवाको आगमन संगै वर्ष २०१९ मा बालाजु जेसिसले उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे । पाण्डेले बालाजुृ जेसिजले गर्ने शैक्षिक क्षेत्रमा गर्ने कार्यक्रमहरुमा ईक्यानले सहयोग गर्ने समेत बताए । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि मोहनलाल डाँगी, बालाजु जेसिजका संस्थापक अध्यक्ष श्रीराम पौडेल, वर्ष २०१८ का अध्यक्ष गोविन्द खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले सक्रिय यूवाहरुको संस्था भएकोले जेसिजले समाज परीवर्तनमा भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाल जेसिजका महासचिव, मातृ शाखाका संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष, विभिन्न शाखाका शाखा अध्यक्षहरु तथा ईक्यानका उपाध्यक्ष, महासचिव र सचिवहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाल जेसिज, कुसल नेतृत्वकर्ता पाएपछि संगठनमा देखिने सकारात्मक परिवर्तनको एउटा उदाहरण बनेको छ । जेसिआई धापासिले आतिथ्य गरेको नेपाल जेसिजको ४३ औ महाधिवेशनबाट अधिकारीले नेतृत्व सम्हाल्ने मौका पाउनु भएको थियो । झापा दमक निवासी उहाँ एक सफल व्यवसायी हुनुहुन्छ ।स्वास्थ सम्बन्धि तथा औषधि व्यवसायमा राम्रो पकड जमाउन सफल अधिकारी पछिल्ला चर्चित युवा उद्यमीको पंक्तिमा हुनुहुन्छ । उहाँले नेतृत्व लिएसँगै नेपाल जेसिजका अधिकांश शाखाहरूमा सकारात्मक उर्जा देखिन थालेको छ। शाखाहरूमा पदस्थापना पनि तिव्र गतिमा भएको छ। यसले संस्थागत संरचनामा नयाँ उर्जा थपेको जेसिजको नयाँ नेतृत्व लिने पदाधिकारीहरूनै स्वीकार्नु हुन्छ । यसले नव आगन्तुक जेसिजहरूमा पनि उर्जा थपेको छ।

नेपाल जेसिजको १४० शाखाको नेतृत्व लिनु भएको नेपाल जेसिजका २०१७ का अध्यक्षको जेसिज यात्रा २००२ बाट जेसिआई दमकबाट सुरू भएको हो। शाखाको विभिन्न पदमारही सन् २०१३ मा शाखा अध्यक्ष हुन सफल हुनुभएको थियो । उहाँले जेसिजको मुलनारा विधिको शासनलाई अंगाल्दै व्यक्तित्व र नेतृत्व विकासको अनुसरण गर्दै आफु तथा सम्पूर्ण जेसिजहरूलाई अगाडि बढाउदै आउनुभएको छ । सन् २०१४ का नेपाल जेसिजको उपाध्यक्ष तथा सन् २०१५ मा नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा निर्वा्चित हुदै २०१७ मा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वा्चित हुनु भयो । उहाँ भन्नुहुन्छ १८ देखि ४० वर्ष भित्रका युवाहरूलाई नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्दै उद्यमशील बन्न प्रेरित गर्दछ। जेसिजमा जुनियर च्यामबर इनटरनेशनलका चार कार्य क्षेत्र छन ।

व्यक्तित्व, व्यवसाय , समुदाय , र अन्तर्रा्ष्ट्रिय । यी क्षेत्रमा कार्य गर्दै “शान्ति सम्भव छ” भन्ने मुल नाराका साथ जेसिज विश्व शान्ति कायम गर्न अघि बढीरहेको छ। जनवरी १ बाट काम सुरूवात गर्दै पदस्थापना तथा अन्तरक्रिया गर्दै आएको नयाँ नेतृत्वले ७९ शाखामा सहभागीता जनाउनु भएको छ। कार्यक्रम सहभागी हुदै गर्दा “सबै शाखाले परिवर्तन खोजि रहेको महसुस गरेको पाईएको छ” अध्यक्ष अधिकारी भन्नुहुन्छ ।

परिवर्तनका लागि विभिन्न तालिमका माध्यमबाट नेतृत्व तथा सामाजिक संघ संस्थाका व्यक्तित्वहरूलाई हाम्रा जेसिजका कार्यक्रमहरूमा पनि सहभागी गराउने गर्दछौं । जेसिजका युवाहरू विभिन्न प्रतिष्ठित पदमा पुगेका छन् । जेसिजले मुलतस् “व्यक्तित्व र नेतृत्व विकास गरेर अघि वढेका युवाहरूलाई समाज रूपान्तर गर्न वढि भन्दा वढि परिचालन” गर्ने तथा जेसिजको दायरा भन्दा बाहिर रहेका युवाहरूलाई पनि समेटने छौ।

युवाहरूको व्यवसायको प्रवर्द्धनको विकास र अन्य व्यवसायीक अवसरको खोजी गर्नु पर्ने आवश्यकता छ। क्षेत्रीय र राष्ट्रिय स्थरको व्यवसायीक भेला गरेर अवसर प्रवर्द्धनको कार्यक्रम अघि बढाउने योजना छ। हामीसँग क्षेत्रीय र राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी भै अगाडि बढदै गरेका युवाहरूलाई व्यवसायीक विकास, समुदायीक विकास अझै निर्खान अन्तर्रा्ष्ट्रिय तालिममा बढी भन्दा बढि सहभागी गराउनेछौ। जेसिज भनेको विधिको शासनलाई आत्मासात् गर्ने संस्था हो। वान मेन वान इयर मुल नाराका साथ जेसिजको कार्यकाल एक वर्ष मात्र हुन्छ ।
जेसिआईको अन्तरास्ट्रिय नियममा अनुबन्धित यो संस्थाका हरेक विधान र नियमलाई मान्न प्रतिबद्ध हुन्छ । एक वर्षमा गर्नु पर्ने धेरै छ। सबै जेसिज मन र हातहरूबाट सहयोग भएमा अस्मभव भन्ने केही हुन्न प्रफुलित हुँदै अध्यक्ष अधिकारी आफ्ना धारणा राख्नुहुन्छ ।

बाहुनडाँगी । पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले नेपाली राजनीतिक दललाई एक पद, एक व्यक्ति र एक कार्यकालको नियम लागू गर्न सुझाव दिएका छन् ।
बालाजु जेसीसको तेस्रो पदस्थापन समारोहलाई सम्बोधन गर्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष समेत रहेका रेग्मीले जेसीजको जस्तै राजनीतिमा पनि एक पद, एक व्यक्ति र एकक कार्यकालको अवधारणा लागू गर्ने हो भने देशले विकासको गति लिने बताएका छन् ।

‘राजनीतिमा जेसीज अवधाराणा ल्याउने हो भने सबै कुरा ठिक हुन्छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले भने–‘जसले जति वर्ष मन लाग्यो त्यति नै वर्ष देशको नेतृत्व गरेकै कारण देशले विकासको गति लिन नसकेको हो । यदि एक वर्षे अवधीको कार्यकाल बनाउने हो भने उसले कुरा भन्दा पनि काम गर्ने गर्छ । यहाँ त नामका लागि मात्र पद भयो ।’
रेग्मीले नेपालमा जेसीसले १८ देखि ४० सम्मका युवाहरुलाई उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्नका लागि युवाहरुले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

‘जेसीजले अन्तर्रा्िष्ट्रय क्षेत्रमा पुर्याउने, तालिम तथा प्रशिक्षण दिने र अन्य सिर्जनशील काम गर्नका लागि प्रेरक भूमिका खेलेको छ, युवालाई समक्ष बनाउने र विधिको शासन स्थापित गर्न जेसीजले स्मरणीय कार्य गरेको छ,’ रेग्मीले भने ।

नेपाल जेसीजका सन् २०१८ का राष्ट्रिय महासचिव एवं बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेलले देश र जनताको हकहित र समृद्धिका लागि जेसीजले निरन्तर अभियान चलाइरहेको र बालाजु जेसीजले पनि सोही अनुरुपको योजनामा अघि बढिरहेको बताएका छन् । संस्थापक अध्यक्ष पौडेलले स्थापनाको छोटो समयमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दे थुप्रै अनुभवहरु संगाल्ने अवसर पाएको बताउँदै यसलाई आफ्नो मातृ शाखाको विस्तारका लागि सदुपयोग गर्ने बताए । नेपाल जेसीजमा रहेर काम गर्दा आफ्नो कार्यकाल उत्कृष्ट र एतिहासिक वर्ष भएको बताउँदै कार्यक्रमका विशेष अतिथि समेत रहेका पौडेलले यसमा साथ र सहयोग गर्ने शाखाका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । नेपाल जेसीजका निवर्तमान महासचिव पौडेलले वर्ष २०१८ बाट नेपाल जेसीजले नयाँ स्वरुप परिवर्तन गरेको बताउँदै यसलाई देशभरका शाखाहरुसँगको सहकार्यमा अझ प्रभावकारी बनाउँदै अन्तराष्ट्रिय जगतमा समेत नेपाल जेसीजको उत्कृष्ट छाप बनाउने बताए ।

कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डे, शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, शेषराज भटराई, राज गोपाली, दीपकराज भूषाल, कृष्णमान श्रेष्ठ, श्यामप्रसाद पौडेल, डिल्लीराम भट्टराई लगायतले जेसीज अभियानका महत्व र प्रगतिबारे टिप्पणी गरेका थिए ।कार्यक्रममा नेपाल जेसीजका महासचिब अभिषेक श्रेष्ठ, मातृ शाखा थानकोटका बर्ष २०१९ का अध्यक्ष राज गोपाली, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगी, शाखाका पूर्ब अध्यक्ष दिपकराज भूषाल, बालाजु जेसीजका सल्लाहकार कृष्णमान श्रेष्ठ, नार्गाजुन केबलका संचालक श्याम प्रसाद पौडेल कान्तीपुर मिडिया ग्रुपका बाबुराम विश्वकर्मा, राष्ट्रिय समाचार समितिका सदस्य डिल्लीराम भट्रराईलगायतको सहभागिता रहेको थियो ।

नेपाल जेसीजले सुरु गरेको समय व्यवस्थापनलाई निरन्तरता दिँदै बालाजु जेसीजले पनि निर्धा्रित समयमा कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । वर्ष २०१८ का अध्यक्ष गोविन्द खनालले वर्ष २०१९ का नव निर्वाचित अध्यक्ष महेन्द्र भण्डारीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए ।
बालाजु जेसीजका लागि वर्ष २०१९ मा अध्यक्ष भण्डारीका नेतृत्वमा विभिन्न पदमा निर्वा्चित तथा मनोनित गरी पूर्णता दिइएको छ ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा केशवराज खनाल र, पर्वत पौडेल, उपाध्यक्षहरुमा शर्मिला भट्टराई, सिता भण्डारी, राधिका खत्री र मनिष अर्याल रहेका छन् । यसैगरी महासचिवमा दिपेन्द्र भट्टराई, कोषाध्यक्षमा सिता पाण्डे पौडेल, कानुनी सल्लाहकारमा राजन गुरुङ, सह कोषाध्यक्षमा श्यामबहादुर खनाल, प्रकरण निर्देशकमा अनिता पन्थ, सहसचिवमा सरिता भुषाल, तालिम निर्देशकमा रिमा अधिकारी, सञ्चार संयोजकमा भरत पाण्डे, कोष बृद्धि संयोजकमा अमितकुमार श्रेष्ठ, र आयटी कोर्डिनेटरमा सुरज विक रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend